Comments Add Comment

युरोकप २०२० मा सर्वाधिक गोलको कीर्तिमान

२८ असार, काठमाडौं । इंग्ल्याण्डमा पेनाल्टी सुटआउटमा हराएर यटलीले उपाधि जितेसँगै युरोकप २०२० समाप्त भएको छ । कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक ११ देशमा आयोजना भयो ।

एक महीनाभर चलेको युरोमा कुल ५१ खेल भए । इटलीले अपराजित रहँदै उपाधि जित्दा यस युरोकपमा गोलको कीर्तिमानसमेत बन्यो ।

युरो २०२० मा अहिलेसम्मकै सर्वाधिक धेरै अर्थात १४२ गोल भए । अनि गोलको अनुपात पनि अहिलेसम्मकै उच्च रह्यो ।

फाइनलमा इंग्ल्याण्डविरुद्ध इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले गरेको गोल १४२औं गोल थियो ।

युरोमा सहभागी टिम बढाएर २४ पुर्‍याएपछि दोस्रो पटक प्रतियोगिता भएको हो । पाँच वर्षअघि २४ टिम नै सहभागी युरोमा १०८ गोल भएको थियो ।

अन्तिम १६ को खेलमा क्रोएसियाका मिस्लाभ ओर्सिकले स्पेनविरुद्ध गोल गरेपछि नै त्यो १०८ को कीर्तिमान भने तोडिसकेको थियो ।

सन् १९८० बाट युरोकपमा समूह चरणका खेल शुरु भएको थियो । त्यसयता यस पटक भएको गोल संख्या गोल अनुपातमा पनि उच्च रह्यो  ।

सन् २००० मा १६ टिमको प्रतियोगिता हुँदा ८५ गोल भएको थियो । जसको अनुपात २:७४ थियो । यस पटक २४ टिम सहभागी युरोमा १४२ गोल हुँदा अनुपात २:७८ रह्यो ।

अन्तिम १६ मा स्पेन र क्रोएसिया बीचको खेलमा ८ गोल भएको थियो । जुन एकै खेलमा भएको दोस्रो सर्वाधिक गोल हो । सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभाकियाबीचको खेलमा ९ गोल भएको थियो ।

युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भए । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् । इटलीले दोस्रो पटक उपाधि जितेको हो ।

अहिलेसम्म कुन संस्करणमा कति गोल भए ?

२०२० – १४२ गोल ५१ खेल
२०१६ – १०८ गोल ५१ खेल
२०१२ – ७६ गोल ३१ खेल
२००८ – ७७ गोल ३१ खेल
२००४ – ७७ गोल ३१ खेल
२००० – ८५ गोल ३१ खेल
१९९६ – ६४ गोल ३१ खेल
१९९२ – ३२ गोल १५ खेल
१९८८ – ३४ गोल १५ खेल
१९८४ – ४१ गोल १५ खेल
१९८० – २७ गोल १४ खेल
१९७६ – १९ गोल ४ खेल
१९७२ – १० गोल ४ खेल
१९६८ – ७ गोल ५ खेल
१९६४ – १३ गोल ४ खेल
१९६० – १७ गोल ४ खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment