Comments Add Comment

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश गर्छन् । तर, ग्ल्यामर दुनियाँमा को कतिबेला विवादमा पर्छन् थाहा हुँदैन ।

कोही विवादकै कारण चर्चामा रहनका लागि पनि जानेरै विवादमा पर्न चाहन्छन् भने कोही नचाहेरै विवादमा परिरहेका हुन्छन् । म्यूजिक भिडियो दुनियाँमा राम्रै स्थान बनाइरहेकी मोडल गरिमा शर्मा विगत केही समयदेखि चर्चामा छिन् । तर, उनको चर्चा कामले भन्दा विभिन्न खालका बिषयले बढी हुने गरेको छ ।

‘नबोली नबोली’ गीत चलेपछि भिडियोमा उनको माग ह्वात्तै बढ्यो । एक बर्षमा उनले ५ दर्जन बढी भिडियोमा काम गरिन् । टिकटकमा राम्रो क्रेज बनाएपछि भिडियोमा पाइला राखेकी उनलाई चलचित्रको अफर समेत आउन थालेको थियो । तर, गरिमा कामको भन्दा अन्य कारणले बढी मिडियामा छाएकी छिन् ।

उनी, नायक पल शाहसँगको निकटताका कारण बढी चर्चामा रहिन् । पलसँग भिडियो खेल्न थालेपछि उनको नाम पलसँग जोडियो । यसले, गरिमा पछिल्लो केही समयदेखि काम भन्दा पलसँगको सम्बन्धका कारण बढी चर्चामा छिन् । उसो त, यी दुइले एक अर्काको प्रेम स्विकार भने गरेका छैनन् । तर, गरिमा र पल एउटै टिममा रहेर काम गरिरहेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई खाना वितरण गर्ने क्रममा उनले प्रेस कार्ड दुरुपयोग गरेको भन्दै चर्चा भयो । एक मिडियाको कार्ड भिरेर खाना बाड्दै गरेको तस्वीर भाइरल भयो । जसले, गरिमा आलोचित बनिन् । उनले, प्रेस कार्ड दुरुपयोग गरेको आरोप पनि लाग्यो ।

झन्, विगत दुई सातादेखि त गरिमा निरन्तर चर्चामा छिन् । गायक दुर्गेस थापासँग टिकटकमा खेल खेल्ने क्रममा उनीहरु र दुर्गेसविच भएको संवादले आलोचना भोग्यो । यही संवादलाई ‘रजतपट’ नामक कार्यक्रमले गलत तरिकाले रिपोर्ट बनाएपछि गरिमा झनै चर्चामा छिन् । कतिपयले गरिमा र दुर्गेस जस्ता कलाकारले टिकटकको दुरुपयोग गरेको भन्दै उनीहरुको आलोचना गरिरहेका छन् भने कतिपयले एउटा टेलिभिजनमा गलत रिपोर्ट बजाएर कलाकारको चरित्र हत्या गरिएको भन्दै आलोचना गरिरहेका छन् । तर, यो विवादले पनि गरिमालाई फाइदा पनि पुर्याएन ।

यो क्षेत्रमा भित्रिएको छोटो समयमा नै विभिन्न खालका विवादमा पर्दा गरिमाको कामको चर्चा भने हुन छाडेको छ । यसले, उनलाई यो क्षेत्रमा निरन्तरता दिन र आफ्नो खुबी प्रदर्शन गर्न समस्या पर्न सक्छ । कलाकार गसिप बजारमा रमाउनु ठूलो कुरा होइन । तर, कहिलेकाही कलाकारको प्रतिभा नै ओझेलमा पर्ने गरि हुने चर्चाले भने उनीहरुलाई फाइदा पुग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment