Comments Add Comment

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरु, माधव नेपाल पनि सहभागी

२८ असार, काठमाडौं । काठमाडौं पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा सहभागी छन् भने एमाले नेता माधव कुमार नेपाल पनि गठबन्धन बैठकमा सहभागी छन् ।

जसपाकातर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment