+
+
Shares

अधिनायकवाद विरुद्ध नेपाली जनताको जित : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १९:०६

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शासनको पराजय भएको उनको प्रतिक्रिया छ । ‘आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ,’ पूर्वमहामन्त्री सिंहले भने ।

सोमबार सर्वोच्चले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?