
२९ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ३१ हजार नयाँ संक्रमित थपिएका छन् । दैनिक नयाँ संक्रमितको यो संख्या पछिल्लो ११८ दिनमा सबैभन्दा कम हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २०२० ले थप भएको छ ।
मन्त्रालयका अनुसार मध्यप्रदेशले कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याएसँगै पछिल्लो २४ घण्टामा कोरोनाका धेरै मृतक थपिएका छन् । मध्यप्रदेशले कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४८१ ले सच्याएको हो ।
यससँगै भारतमा कोरोना संक्रमितको समग्र संख्या तीन करोड ९ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण चार लाख १० हजार नाघेको छ ।
अहिलेसम्म भारतमा ३८ करोड १४ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4