+
+

उच्चस्तरीय संयन्त्र बनाउने माओवादीको प्रस्ताव आपत्तिजनक : एमाले नेता खरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १७:११

२९ असार, काठमाडौं । नेकपा एमालेका नेता अग्नि खरेलले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने माओवादी केन्द्रको प्रस्तावमा आपत्ति जनाएका छन् । संविधान नचिन्ने संयन्त्रमार्फत सरकार सञ्चालन गर्न खोज्नु असंवैधानिक भएको उनको दाबी छ ।

माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको संयन्त्र बनाउन प्रस्ताव गरेको थियो । तर खरेलले भने सरकार सञ्चालनका लागि असंवैधानिक संयन्त्र बनाए प्रमुख प्रतिपक्षलाई अस्वीकार्य हुने बताएका छन् ।

‘परमादेशको आदेशबाट प्रधानमन्त्री हुनु भएका शेरबहादुर देउवा नेतृत्वको सरकार चलाउन उच्चस्तरीय राजनीतिक संयन्त्र खडा गर्ने निर्णय आपत्तिजनक छ, असंवैधानिक छ,’ पूर्व महान्यायाधिवक्ता समेत रहेका एमाले नेता खरेलले अनलाइनखबरसँग भने, ‘सविधानले नचिन्ने संयन्त्रमर्फत मुलुकको शासन प्रशासन अगाडि बढाउने कुरा प्रमुख प्रतिपक्षलाई किमार्थ स्वीकार्य हुँदैन ।’

माओवादी केन्द्रले दलीय तानाशाही सोचका साथ संयन्त्रको प्रस्ताव गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?