Comments Add Comment

लोकतन्त्रको रक्षाका लागि न्यायमूर्तिले अदम्य साहस देखाए : मुख्यमन्त्री राउत

२९ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा पुनर्स्थापनाबाट लोकतन्त्र र संविधानवादको जित भएको बताएका छन् । लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाएको भन्दै उनले सर्वोच्चका न्यायाधीशहरुलाई धन्यवाद समेत दिए ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘लोकतन्त्रको रक्षा गर्न न्यायमूर्तिहरुले अदम्य साहस देखाउनुभयो, उहाँहरुप्रति नमन छ ।’

प्रस्तुत बजेटमा मनोमानी गरेको भन्दै विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले प्रदेशसभा बैठक अबरुद्ध गरेपछि बजेटबारे सरकारको दृष्टिकोण राख्न मुख्यमन्त्री राउतले प्रदेशसभालाई सम्बोधन गरेका हुन् ।

उनले छुटेका योजनाहरु मन्त्रिपरिषद्को बैठकले थप गर्ने बताए । मुख्यमन्त्रीले सम्बोधन गरेपछि प्रदेशसभा बैठक सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment