
३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो ।
न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भैसकेको छ । सिड्नीकी वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो समय न्यू साउथ वेल्समा ९७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यो राज्यमा ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4