Comments Add Comment

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

३० असार, काठमाडौं । स्वीस स्टार रोजर फेडेररले यही जुलाई २३ देखि जापानमा सुरु हुने टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।

फेडेररले घुँडामा चोट रहेकोले ओलम्पिकबाट नाम फिर्ता लिएका हुन् ।

फेडेररले ग्रास कवर्टमा खेल्दा आफूलाई घुँडामा समस्या भएकोले बफूले ओलम्पिकबाट नाम फिर्ता लिने विषयलाई स्वीकार गरेको जनाएका छन् ।

सन् २०१२ को लण्डन ओलम्पिक फाइनलमा उनी एण्डी मुरेसँग पराजित भएका थिए । फेडेररले ओलम्पिकमा डबल्समा मात्र स्वर्ण जितेका छन् ।

३९ वर्षीय फेडेररले केही दिनअघि सम्पन्न भएको विम्बल्डन ओपन टेनिस खेलेका थिए तर उनी क्वाटरफाइनलबाट बाहिरिए ।

२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले सन् २००८ को बेईजिङ ओलम्पिकमा पुरुष डबल्समा स्वर्ण जितेका थिए ।

यस्तै बेलायती महिला खेलाडी जोहना कोन्टाले समेत ओलम्पिक नखेल्ने भएकी छिन् । कोन्टाको टिमलाई कोरोन संक्रमण देखिएपछि उनी पनि सेल्फ आइसोलेसनमा बसेकी थिइन् । तर त्यसपछि उनलाई पनि कोरोना पोजेटिभ देखियो र ट्रेनिङसमेत गर्न नसकेको भन्दै उनीले ओलम्पिक नखेल्ने भएकी हुन् ।

फेडेर र कोन्ता अघि अरु खेलाडीले पनि ओलम्पिक नखेल्ने भइसकेका छन् । २० पटककै गराण्ड्सलाम विजेता राफेल नाडल, स्टान वाबरिन्का, डोमिनिक थिएम, निक किर्गियोस, सेरेना विलयम्सले टोकियो ओलम्पिक खेल्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment