Comments Add Comment

गण्डकीमा विपक्षीको विरोधका बीच बजेट पास, एमाले सांसदले टेबल फाले

३० असार, पोखरा । विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर फालेका छन् ।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्न माग गर्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो । बिहान ११ बजे बैठक शुरु भयो । मुख्यमन्त्रीले जवाफ माग्दै एमालेले अवरोध गर्‍यो ।

साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध पर्‍यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् । उनले मुख्यमन्त्री पोखरेललाई विधेयक पेश गर्न समय दिएपछि एमाले सांसदहरु नाराबाजी गर्दै रोष्टम घेराउ गर्न आए ।

मुख्यमन्त्रीलाई पछ्याउँदै गएका पूर्वमन्त्री रामशरण बस्नेतलाई मर्यादा पालकले रोकेपछि एमाले सांसदहरु आक्रोशित भए । त्यसक्रममा बस्नेतले टेबल उचालेर फालेका हुन् । त्यसका बाबजदु सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए भने बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ ।

बजेट १ असारमै आएको भए पनि रातो किताब तयार पार्न नसक्दा २७ गतेदेखि मात्र प्रदेशसभामा छलफल शुरु भएको थियो । गैर–बजेटरी विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गर्‍यो ।

दोस्रो दिनपछि बैठक अवरुद्ध भएपछि सरकार र प्रमुख प्रतिपक्षीबीच छानबिनका लागि संसदीय समिति गठन गर्ने सहमति भयो । प्रमुख प्रतिपक्षी दल एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने सहमतिसँगै अर्थ मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकलाई सम्बोधन गरेका थिए । उनले सोही दिन बजेट विनियोजन विधेयक पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment