+
+
Shares

गण्डकीमा टेबुल फाल्ने सांसदको स्पष्टीकरण : साँघुरो भएर सारेको हो, हान्न खोजेको होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १८:११

३० असार, पोखरा । नेकपा एमालेका सांसद रामशरण बस्नेतले गण्डकी प्रदेशसभा बैठकमा नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको दाबी गरेका छन् प्रदेशसभाको बुधबार बसेको बैठकमा बजेट पास गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । त्यसक्रममा बस्नेतले टेबल उचालेर फालेका थिए ।

घटनापछि एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले साँघुरो भएर आफूले टेबल सारेको दाबी गरेका हुन् । उनले अघि भने, साँघुरो भएर सारेको हो, हान्न खोजेको होइन ।’

उनले सत्तारुढ सांसदहरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको दाबी समेत गरेका छन् । सरकार र आफ्नो दलबीच जम्मा चार सिट मात्र फरक रहेको भन्दै उनले जे गर्दा पनि हुन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् । उनले भने, ‘सरकार तानाशाही रुपमा अगाडि बढेको छ, यसको नेकपा एमालेले प्रतिवाद गर्छ ।’

एमाले सांसद बस्नेतले सभामुखले समेत समन्वयको भूमिका नखेलेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?