Comments Add Comment

प्रहरीलाई पर्यटन विदा माग गर्दै दायर रिट सर्वोच्चबाट दरपीठ

३१ असार, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीलाई पनि पर्यटन विदा माग गर्दै सर्वोच्चमा दायर रिट रदरपीठ भएको छ ।

अघिल्लो सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष्ठानका कर्मचारीलाई उपलब्ध गराएको १० दिनको तलवसहितको पर्यटन विदा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले पनि पाउनुपर्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चका  मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट मर्का पर्ने पक्षबाटै नआएको भनी दरपीठको आदेश दिएका हुन् । उनले अन्य सेवाका कर्मचारीले पाए सरह प्रहरीले विदा नपाएको र सञ्चित विदा लिन नपाएको कुरामा मर्का पर्ने प्रहरी कर्मचारीले निवेदन लिई आउनुपर्नेमा सरोकार नै नभएका निवेदकले सार्वजनिक हक र सरोकारको विवाद भनी अदालत आएकोले दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।

निवर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको बुँदा नम्बर ६६ मा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराउने गरी व्यवस्था गरिएको थियो । सो सुविधा अन्य कर्मचारीलाई छ, प्रहरीलाई छैन ।

हेर्नुहोस् दरपीठ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment