Comments Add Comment

निजी क्षेत्रलाई कोरोना खोपमा प्राथमिकता दिनुपर्ने उद्योगी व्यवसायीको माग

३१ असार, काठमाडौं । उद्योग व्यवसायीहरुले कोरोना विरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । कोरोना महामारीमा अत्यावश्यक वस्तु आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिन गएका व्यवसायीले प्रधानमन्त्री देउवालाई खोपका लागि आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्या र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए ।

‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्र आपूर्ति व्यवस्थापनमा लागेका छन् । उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौं । त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि बढी चिन्तन गर्नुहुन्छ भनेर हामीलाई भन्नुभयो,’ उनले भने, ‘यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपर प्रस्तुत गर्‍यौं । त्यसमा सकारात्मक रेस्पोन्स पनि आयो ।’

व्यवसायीहरुले वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment