Comments Add Comment

वीरगञ्ज ‘पूर्ण खोप सुनिश्चित महानगर’

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ महानगर घोषणा गरिएको छ । वीरगञ्जमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकिएकोले पूर्ण खोप महानगर घोषणा गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

बिहीबार आयोजित कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगञ्जलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेको बताए । उनले कुनै पनि बालबालिका नियमित रुपमा पाउनुपर्ने खोपबाट वञ्चित हुन नहुने धारणा राखे ।

बालबालिकालाई जन्मनेबित्तिकै बीसीजी, ६ हप्तामा पोलियो, एचआईभी, पीसीजी, डीपीटी, हेपाटाइटिस बी, रोटा, १० हप्तामा पोलियो, पीसीभी, डीपीटी लगायत सबै खोप महानगरका स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

पूर्ण खोप घोषणा गर्नुअघि महानगरका ३२ वटै वडामा १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकाबारे घरधुरी सर्वेक्षण गरिएको थियो । २९ हजार १९३ घरधुरीमा गरिएको सर्र्वेक्षणका क्रममा १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिका २ हजार ६६१ जना भेटिएका थिए ।

तीमध्ये जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना देखिएको थियो । ५८७ जना बालबालिकाले १२ प्रकारकामध्ये आंशिक मात्र खोप लगाएका थिए भने ८ जनाले कुनै पनि खोप नै पाएका थिएनन् ।

छुटेका बालबालिकालाई १२ प्रकारका खोप लगाएर महानगरलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिएको महानगरको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment