+
+
Shares

पोखराका मेयर जिसीलाई *मस्तिष्कघात

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते ९:२८

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई *मस्तिष्कघात भएको छ ।

मेयर जिसीलाई सुरूमा हृदयाघात भएको भनेर उनको सचिवालयले जानकारी दिएको थियो । तर, उनलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका छन् ।

जिसीको स्वास्थ्य जाँच गरेका डा. बालगोपाल श्रेष्ठका अनुसार उनलाई पहिलेदेखि नै उच्च रक्तचाप थियो ।

मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा मष्तिकघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।

(*पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको हुनुपर्नेमा यसअघि समाचारमा हृदयाघात उल्लेख भएकोमा क्षमाप्रार्थीसहित सच्याएका छौं । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?