
१ साउन, काठमाडौं । जर्मनीमा भारी वर्षापछि आएको बाढीको कारण ८० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बाढी पहिरोमा परी सयौं मानिसहरु बेपत्ता भएका छन् । पछिल्लो २४ घण्टामा जर्मनीमा बाढीको कारण मृत्यु हुनेको संख्या दोब्बर भएको छ ।
स्थानीय प्रहरीले बाढीमा परी अझै धेरै मानिसहरु हराइरहेको बताएको छ । बाढीको कारण सबैभन्दा ठूलो असर जर्मनीको राइनल्याण्ड–पलाटिनेट र उत्तरी राइन–वेस्फेलिया प्रान्तमा देखिएको छ । सो क्षेत्रमा धेरै घर र सवारीसाधनहरु बाढीले बगाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले पीडित परिवारलाई आवश्यक सहयोग पुर्याउन निर्देशन दिएकी छिन् ।
त्यस्तै जर्मनीको छिमेकी बेल्जियममा पनि बाढीको कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । जर्मनीको पश्चिमी क्षेत्रमा भइरहेको भारी वर्षाको कारण जर्मनीका साथै अन्य धेरै मुलुकमा पनि बाढी आइरहेको छ ।
🌧 La crue de la Vesdre atteint une ampleur dramatique à Verviers dans l’est de la Belgique ce matin ! Certaines rues sont noyées sous près de 2 mètres d’eau ! (© Katia Bogaert) pic.twitter.com/yDGNgflP1y
— Météo Express (@MeteoExpress) July 15, 2021
नेदरल्याण्ड्सको दक्षिण प्रान्त लिम्बर्गमा बाढीको कारण सयभन्दा धेरै घरमा नोक्सानी पुगेको छ । मुलुकको स्याहार केन्द्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।
जर्मनीको राइनल्याण्ड–पलाटिनेट प्रान्तका प्रमुख अधिकारी मालु ड्रेयरले यो बाढी ‘एक प्रलयकारी’ घटना भएको बताएका छन् । उनले आफूहरुले उद्धारको कार्य जारी राखेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4