Comments Add Comment

मोबाइलमा भिडियो इडिट गर्नका लागि यी हुन् उपयोगी र लोकप्रिय १० एप

यदि तपाईंले आफ्नै युट्युब च्यानल सुरु गर्ने सोच गर्नुभएको छ वा इन्स्टाग्राम तथा अन्य प्लाटर्फमका लागि भिडियो बनाउँदै हुनुहुन्छ भने तपाइँले भिडियो कसरी रेकर्ड गर्ने तथा कसरी इडिट गर्ने भन्ने जान्नुपर्ने हुन्छ ।

राम्रो हार्डवेयर स्पेसिफिकेसन तथा क्यामरा भएको स्मार्टफोन तपाईंसँग छ भने भिडियो सिर्जनाका लागि तपाईंलाई अरु कुनै पनि उपकरणको आवश्यकता पर्दैन । साथै तपाईंले आफ्नो मोबाइलको एप स्टोरमा त्यस्ता थुप्रै एप्लिकेसनहरु भेट्टाउनुहुन्छ जसले तपाईंले खिचेको भिडियो सम्पादन गर्न सहयोग गर्दछन् । आफ्नो स्मार्टफोनमा भिडियो इडिट गर्नका लागि उपयोगी १० वटा लोकप्रिय एप यस्ता छन् :

१. Kinemaster Mobile Video Editor

सबैभन्दा लोकप्रियमध्येको एक भिडियो इडिटिङ एप काइनमास्टर एन्ड्रोइड, क्रोम अपरेटिंग सिस्टम, आइफोन तथा आइप्याडमा उपलब्ध छ । यदि तपाईं उत्कृष्ट तथा गहन रुपमा भिडियो निर्माण गर्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि अत्यन्तै उपयोगी हुन्छ । यो एपको प्रारम्भिक भर्सन निशुल्क उपलब्ध हुन्छ । तर यदि तपाईं यो एपका सबै फिचरहरु प्रयोग गर्न चाहनुहुन्छ र काइनमास्टरको वाटरमार्क बिनाको भिडियो तयार गर्न चाहनुहुन्छ भने तपाईंले यो एपका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

२. PowerDirector – Video Editor, Video Maker

यो लोकप्रिय भिडियो इडिटिंग एप फोर के भिडियोहरु इडिट गर्नका लागि निकै उपयोगी हुन्छ । यसमा तपाइँले धेरै खालका भिडियो इडिटिंग फिचर प्राप्त गर्न सक्नुहुन्छ ।

३. Inshot Video editor and maker

सोसल मिडियामा पोस्ट गर्ने प्रयोजनका लागि छोटा छोटा भिडियो तयार गर्न यो एप निकै उपयोगी हुन्छ । यो एप प्रयोग गर्न पनि निकै सजिलो छ ।

४. GoPro Quik Video Editor and Maker

यदि तपाईं भिडियो इडिटिंगमा नयाँ हुनुहुन्छ र छोटो भिडियो निर्माणका लागि नि:शुल्क एपको खोजीमा हुनुहुन्छ भने यो एप निकै उपयोगी हुनेछ । यसमा धेरै फिचर पनि हुँदैनन् तर भिडियो इडिटिंगको आधारभूत आइडिया तपाईंलाई प्राप्त हुनेछ र छिटै भिडियो तयार गर्न सक्नुहुन्छ ।

५. Clips

आइफोन प्रयोगकर्ताका लागि यो नि:शुल्क भिडियो इडिटिंग एप हो । यसमा सिकारु प्रयोगकर्ताले मज्जाले भिडियो इडिटिंग सिक्न सक्दछन् र उत्कृष्ट छोटो भिडियो तयार गर्न सक्दछन् ।

६. ActionDirector Video Editor

यो प्रयोग गर्नका लागि निकै सजिलो भिडियो इडिटिंग एप हो । यो एप खासगरी एन्ड्रोइड फोन प्रयोकगर्ताको बीचमा निकै लोकप्रिय छ ।

७. Vimeo Create Video Editor and Smart Video Maker

भिडियो टि्रम गर्न, इफेक्ट तथा टेक्स्ट हालेर इडिट गर्नका लागि यो अर्को सजिलो एप हो ।

८. FilmoraGo

स्मार्टफोनमा छोटो समयमा भिडियो इडिट गर्नका लागि यो एप अर्को सजिलो तथा लोकप्रिय एप हो ।

९.Filmr – Video Editor and Video Maker

भिडियो इडिटिंगका सिकारुहरुका लागि फिल्मर अर्को उत्कृष्ट एप हो । खासगरी सोसल मिडिया प्रयोजनका लागि राम्रो गुणस्तरको भिडियो तयार गर्नका लागि यो एप उपयोगी छ ।

१०. Adobe Premiere Rush

एडोब कम्पनीको यो नयाँ एपबाट भिडियो तयार पार्न तथा इडिट गर्न सकिन्छ । यो एपबाट एउटै भिडियोलाई एन्ड्रोइड, आइओएस, विन्डोज र म्याक डिभाइसमा एकसाथ इडिट गर्न सकिन्छ ।

जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment