Comments Add Comment

जसपाका चार सांसदले छाडे ठाकुर समूह, उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षको वैठकमा सहभागी भएका प्रमोद साह

२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिवर्तन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए ।

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६-१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment