+

बुटवलमा चौथो कोरा साइक्लिङ च्यालेन्ज

२०७८ साउन  २ गते २०:१७ २०७८ साउन २ गते २०:१७
बुटवलमा चौथो कोरा साइक्लिङ च्यालेन्ज

३ साउन, बुटवल । रुपन्देही जिल्ला साइक्लिङ संघले ‘बुटवल कोरा–साइक्लिङ च्यालेन्ज’ गरेको छ । स्वास्थ्यका लागि साइक्लिङको महत्व दर्शाउन बुटवलमा चौथो पटक आयोजित प्रतियोगितामा रुपन्देही र नवलपरासीका ८५ जना भन्दा बढी साइक्लिस्टहरु सहभागी थिए ।

कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने हो ।

जिल्ला खेलकुद विकास समितिको प्रांगणबाट शुरु भएको साइक्लिङ च्यालेन्ज गोलपार्क, ट्राफिकचोक, शंकरनगर, बनवाटिका मणिग्राम, कुन्जपार्क, डिंगरनगर, देवीनगर हुँदै बटवल हाटबजार पुगेर समापन भएको थियो ।

कोरा साइक्लिङ च्यालेन्जको उद्घाटन गर्दै बुटवल उपमहानगरका नगर खेलकुद विकास समिति अध्यक्ष नन्दु काउचाले स्वास्थ्यका लागि साइक्लिङ धेरै फाइदाजनक भएको उल्लेख गर्दै बुटवल उपमहानगरले छुट्टै साइकल ल्याण्ड निर्माण गर्ने तयारीमा रहेको बताए ।

रुपन्देही साइक्लिङ संघका अध्यक्ष पुकार थापाले साइक्लिङ गर्नेहरु खेलाडी पनि हुन् भन्ने मान्यता स्थापित गर्न काठमाडौंमा सन् २०११ देखि र बुटवलमा सन् २०१८ देखि कोरा च्यालेन्ज शुरुवात भएको बताए ।

उनले संघले हरेक वर्ष साइक्लिङमार्फत स्वास्थ्य जनचेतनासंगै रुपन्देहीका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने गरेको बताए । कोरा च्यालेन्ज अन्तर्गत स्लो साइकल रेस प्रतियोगिता पनि आयोजना गरिएको कार्यक्रम संयोजक एकु थापाले बताइन् ।

खेलकुद रुपन्देही साइक्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय