+
+
Shares

माधव नेपाल समूह आन्तरिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ८:५६

३ साउन, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो ।

माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव समूहको साथ आवश्यक छ । यसअघि माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिइसकेका छन् ।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ । आजकै बैठकबाट प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?