३ साउन, बाँके । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।
उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4