Comments Add Comment

कांग्रेस संसदीय दलको बैठक सुरु

तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन  बानेश्‍वरमा सुरु भएको हो ।

पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने भएका छन् भने माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसको छ ।

यसअघि संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment