+
+
Shares

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्नु राम्रो होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:०४

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।

विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’

माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको र त्यो आन्दोलनलाई नेतृत्व गर्ने आफूहरु जिउँदै रहेकाले मिचेर अगाडि बढ्न सहज नभएको बताए । माओवादी आन्दोलनबाट आएका आफूहरुलाई अपमानित गर्न खोजेर यिनीहरु निमोठिन्छन् भन्ने नठान्न प्रचण्डले सचेत गराएका छन् ।

प्रचण्डले धारा ७६ (५) प्रतिनिधिसभाका सदस्यले संसद जोगाउन विवेक प्रयोग गर्ने व्यवस्था भन्दै यसलाई निर्दलीय भनेर गलत प्रचार गर्न खोजेको बताए ।

उनले यदि निर्दलीय व्यवस्था हो भने संविधान संशोधन किन नगरेको भने प्रश्न गरे । संसदमाथि निर्मम प्रहार गर्ने अनि धारा ७६ (५) लाई दोष दिएर प्रणाली बर्बाद भयो भनेर गोहीको आशु चुहाएर कसैले नपत्याउने प्रचण्डले बताए ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वाभाविक व्यवहार देखाएको प्रचण्डले बताए ।
प्रचण्डले देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गरेको भनी एमालेको केपी शर्मा ओली पक्षका सांसदले गरेको टिप्पणीको पनि आलोचना गरे ।

उनले धारा ७६ (५) अनुसार १४९ सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपतिले नियुक्त नगरेकाले अदालतले धारा ७६ (५) को व्याख्या गरिदिएको बताए ।

‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन, ७६ (५) को व्याख्या गरेको हो । संविधानले सांसदलाई विवेक प्रयोग गरेर भए पनि अकाल मूत्यु हुनबाट संसदलाई बचाउ भनेको हो’ प्रचण्डले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?