Comments Add Comment

दीपक चौधरीको ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक

३ साउन, काठमाडौं । पूर्वी एसियाली मुलुकको आर्थिक-सामाजिक जनजीवनको चित्रण गरी लेखिएको पुस्तक ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ ।

आइतबार साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा, कवि निर्भीकजंग रायमाझी र लेखक दीपक चौधरीले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक-सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।

विद्यावारिधि शोध-अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमुलक लेखहरू प्रकाशित छन्। यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई-मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।

‘पूर्वी एसियाको आँखिझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो।

३ सय ९९ रुपैयाँ मूल्य रहेको पुस्तक ‘इन्डिगो–इन्क’ले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment