Comments Add Comment

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने

सिभिल बैंकको ३ अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन गर्न लागेको १,००० अंकित दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्न लागेको हो।

उक्त निष्कासनको प्रत्याभूति गर्न निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम आइतबार प्रत्याभूति सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकाल, प्रभु क्यापिटलका प्रबन्ध–निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

जारी गरिने ऋणपत्रहरू सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भएबमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चार वटै प्रत्याभूतिकर्ताले लिन मञ्जुर गरेका छन्। प्रत्याभूतिकर्ता नागरिक लगानी कोषले २ अर्ब, ग्लोबल आइएमई क्यापिटलले ३० करोड, प्रभु क्यापिटलले ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको ऋणपत्र प्रत्याभूति गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment