Comments Add Comment

सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम १२ अर्ब नजिक

४ साउन, काठमाडौं । हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३.९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । आज बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३२. अंकको नयाँ रेकर्ड बनाएको थियो ।

एक घण्टापछि नै झण्डै ४० अकंले ओरोलो लागेको बजारमा दिनभर नै तीव्र उतार चढाब रहृयो । सोमबार २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ भन्दा धेरै रहृयो ।

आज कारोबारमा आएका बजारका १३ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह घटेर राताम्मे भयो । आज व्यापार उपसमूह सबै भन्दा धेरै ५.२२ प्रतिशतले बढेको थियो ।

दोस्रो बजारमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीसहित ६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढेको थियो ।

आज १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट र १०.५ प्रतिशत सनराइज बैंक डिबेन्चरको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको थियो । सोमबार एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

दोस्रो धेरै कारोबार नबिल बैंक ३३ करोड १८ लाख र तेस्रोमा ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार नेपाल बंगलादेश विकास बैंकको रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment