Comments Add Comment

डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त

४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमश: पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पहिलो नम्बरका रहेका पोखरेललाई नै सचिव नियुक्त गरेको हो ।

तत्कालिन स्वास्थ्य सचिव डा‍. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment