Comments Add Comment

कालापथ्थरमा ६ असोजमा हुने भयो ‘फेसन शो’

४ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘माउण्ट एभरेष्ट फेसन रनवे’ को दोस्रो संस्करण आगामी असोज ६ मा आयोजना हुने भएको छ ।

नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने सगरमाथाको कालापत्थर क्षेत्रमा आयोजना गर्ने तयारी छ । के फिल्म्स र एमई टू फिल्मसको सहकार्यमा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुसमा आयोजना भएको थियो । यो कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमान राखेको बोर्डले जनाएको छ । यो वर्ष समेत कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने आयोजकले बताएको छ ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जनाए ।

यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने उनको दावि छ । उनले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरनतरता दिने उनको भनाइ छ ।

कार्यक्रममा ग्लोबल आइएमइ बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।  कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् ।

कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने धारणा राखे ।

कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार तुत गरिने बताए । यस्तै कम्पनिका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment