+
+
Shares

साढे पाँच किलो अफिमसहित हेटौंडाबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १९:१९

४ साउन, हेटौंडा । लागूऔषध नियन्त्रण व्यूरोले हेटौंडाबाट अफिमसहित एक जनालाई पक्राउ गरेको छ । ठूलो मात्रामा अफिम कारोबार भएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंबाट आएको व्यूरोको टोलीले मकवानपुरको बकैया गाउँपालिका–५ का ४४ वर्षीय रत्न भुलुनलाई सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काको टोलीले हेटौंडा उपमहानगरपालिका–२ संगमचोकबाट ५ किलो ७ सय ग्राम अफिमसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुलनले पिठ्यूँमा बोकेको कालो रंगको झोला खानतलासी गर्दा झोलाभित्र रातो र सेतो रंगको प्लाष्टिकको पोकामा कालो पदार्थ अफिम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?