Comments Add Comment

नयाँ दिल्लीस्थित नेपाली राजदूतको फोन ट्यापिङ भएको हो ?

५ साउन, काठमाडौं । इजरायलको एक कम्पनीले निर्माण गरेको पेगासस जासुुसी सफ्टवेयर मार्फत विभिन्न मुलुकका ५० हजार बढी फोन प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरिएको विषयले हिजोआज विश्व तरंगित छ ।

सो सफ्टवेयरमार्फत विपक्षी राजनीतिक दल, पत्रकार र आलोचकको निगरानी गरी महत्वपूर्ण सूचनाहरु हात पारेको विषयले भारतमा पनि हंगामा मच्चिएको छ । यस विषयमा चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक विज्ञप्ति नै प्रकाशित गरेको छ ।

भारतको अनलाइन न्युज पोर्टल दि वायरसहित १७ विभिन्न संस्थाहरुले लामो अध्ययनपछि उक्त सफ्टवेयरले व्यक्तिगत विवरण संकलन गरेकोसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । सो संस्थाहरुले केही मोवाइल सेट परीक्षण गर्दा सो सफ्टवयरबाट संक्रमित भएको पाइएको बताएका छन् ।

दूतावासका कुन–कुन व्यक्तिको मोवाइल सेटमा निगरानी गरिए वा फोन ट्यापिङ गरिएको भन्ने चाहिँ समाचारहरुमा उल्लेख गरिएको छैन । यथार्थ के हो भनी आफूहरुले बुझिरहेको नयाँ दिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।

सो प्रतिवेदनमा इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको स्पाईवायर प्रयोग गरी विभिन्न देशले व्यक्तिको फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक डिभाइसमा पहुँच निर्माण गरी व्यक्तिगत विवरण हात पारेको खुलासा गरेको छ ।

नयाँ दिल्लीमा रहेका नेपाली राजदूत र अन्य कूटनीतिक कर्मचारीहरुको पनि सोही सफ्टवयरमार्फत निगरानी गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । नेपालसँगै चीन र पाकिस्तान दूतावासका कूटनीतिज्ञको निगरानी गरिएकोसमेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दूतावासका कुन–कुन व्यक्तिको मोवाइल सेटमा निगरानी गरिए वा फोन ट्यापिङ गरिएको भन्ने चाहिँ समाचारहरुमा उल्लेख गरिएको छैन । यथार्थ के हो भनी आफूहरुले बुझिरहेको नयाँ दिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।

उनका अनुसार सञ्चार माध्यममार्फत सार्वजनिक भएको यो विषयको यथार्थ के हो भन्नेबारे बुझ्ने काम भइरहेको छ । ५० हजार लिष्टमा दूतावासले प्रयोग गर्ने केही नम्बर भएको भनिएपनि ह्याक नै गरिएको हो वा होइन भन्ने यकीन भएको छैन ।

यो सफ्टवेयरमार्फत कुनै पनि देशका खुफिया र कानून कार्यान्वयन गर्ने निकायले टाढाबाट नै मोवाइलमा रहेका विवरण प्राप्त गर्न सक्छन् । सो सफ्टवेयरको विकास इजरायलका खुफिया एजेन्सीले सन् २०१० मा नै गरेको हो । सो पेगासस सफ्टवेयरमा फोनको क्यामरा र माइक्रोफोनलाई समेत सक्रिय बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment