Comments Add Comment

नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमलाई टीभीएस स्कुटर

जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित ४५ दिन लामो ईस्पोटर्स प्रतियोगिता मंगलबार सकिएको हो ।

प्रतियोगितामा देशभरका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए । जगदम्बा मोटर्स – टीभीएसले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न एउटा कर्पोरेट कम्पनीले उठाएको ठूलो कदम भएको बताए । उनले अगाडि भने, ‘उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्‍याएको छ ।’

जुन १, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १६ सम्म चलेको थियो । जसअन्तर्गत फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल भएका थिए ।

जसलाई तीन समूहमा विभाजन गरिएको थियो । क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनलको रुपमा खेलाइएको प्रतियोगिता सबै भर्चुअल रुपमा आयोजना गरिएका थिए ।

फरक फरक स्तरका टोली सहभागी यो प्रतियोगितामा तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क सुपर क्वाड मार्बल थिम्स एडिसन स्कुटरका तीन सिरिज जित्न सफल भए । जसमा प्ले विथ प्रपोज (पीडब्लूपी ईस्पोर्टस्), डेडआइज् गाइज् (डीई) र द रियल सोल्जर (डीआरएस) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment