Comments Add Comment

युवाहरु यौन सम्पर्क भन्दा बढी यी कुरामा रमाइरहेका छन् –शोध

युवाहरुको ध्यन अन्तरंग सम्बन्धबाट क्रमस विमुख हुँदैछ । उनीहरु अन्यत्र नै बढी रमाउन थालेका छन् । यो कुरा विश्वास गर्न गाह्रो हुनसक्छ । तर, पछिल्लो समय गरिएको एक अध्ययनको निचोडले यही देखाउँछ । युवाहरु अन्तरंग सम्बन्धबाट भन्दा अन्य कुराबाटै बढी आनन्द लिइरहेका छन् ।

भनिहालौं, अहिलेका युवाहरु विद्युतिय उपकरण, मोबाइल, कम्प्युटर र भिडियो गेममा यति लिप्त हुँदैछन् कि उनीहरुको निजी जीवन नै धरापमा परेको छ । स्टेट युनिभिर्सिटी अफ न्यूर्योक र टगर्स युनिभर्सिटीको शोधकर्ताले यो तथ्य बाहिर ल्याएका हुन् ।

सर्वेले भन्छ, अहिलेका युवाहरु भिडियो गेममा यति धेरै मग्न हुन थालेका छन् कि उनीहरुले शारीरिक सम्बन्ध नै बनाउन छाडेका छन् । भिडियो गेमले उनीहरुको यौन जीवनमा ठोस असर पु¥याइरहेको छ ।

करिब २ हजार युवा पुरुष र महिलामाथि यो नमुना शोध गरिएको थियो । यस शोधको अंकचित्रले देखाउँछ, पछिल्लो बर्ष नन–रोमान्टिक सेक्सुअल इनकाउन्टर ११ दशमलव ७ प्रतिशतबाट बढेर १५ दशमलव २ प्रतिशतसम्म भएको छ ।

द टेलिग्राफको अनुसार १८ देखि २४ बर्षका युवाहरुमा यो १८ दशमलव ९ प्रतिशतबाट बढेर ३० दशमलव ९ प्रतिशत भएको छ । त्यसैगरी यो उमेरको महिलामा बढी मदिरा पिउनुको कारणले क्याजुअल सेक्सुअल रिलेसनमा गिरावट आएको छ । सर्वेमा सहभागी १० प्रतिशत सहभागी महिलाका अनुसार उनीहरुको यौन जीवनमा असर पर्नुको कारण थियो उनी उनीहरु आफ्ना आमाबुवासँग बस्छन् ।

यसका साथै न्यूकस्टल युनिभर्सिटीमा इन्स्टिच्युट फर हेल्थ एन्ड सोसाइटीका प्रोफेसर साइमन फारेस्टले पनि यस मुद्दामा आफ्नो राय पेश गरेका छन् । उनले बताएका छन् कि युवा पुरुष आर्थिक रुपले आफ्नो परिवारसँग निर्भर छन् । त्यही कारण उनीहरु आफ्नो परिवारसँग बस्न बाध्य छन् । यसको असर उनीहरुको अन्तरंग सम्बन्धमा परेको छ ।

त्यसैगरी शोधकर्ताका अनुसार आजका युवाहरुसँग यसका लागि अरु थुप्रै विकल्प छ । उनीहरु सजिलै इन्टरनेटबाट पोर्नोग्राफीको आनन्द लिन सक्छन् । पोर्नग्राफीकै कारण विपरित लिंगसँग हुने अन्तरंग सम्बन्धमा असर परेको छ ।

एकातिर मोवाइल, ल्यापटपमा सजिलै भेटिने पोर्न सामाग्रीहरु, अर्कोतिर विभिन्न भर्चुअल गेमको लत, यी दुबैले अहिलेका युवाहरुको अन्तरंग सम्बन्ध पातलिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment