Comments Add Comment

विधानलाई भारतमा ‘उत्कृष्ट म्यूजिक भिडियो कन्सेप्ट’को अवार्ड

म्युजिक भिडियो निर्देशक विधान कार्कीले महाराष्ट्रमा वितरण गरिएको एउटा अन्तरराष्ट्रिय अवार्ड जितेका छन् । भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोश्रो रोशनी रिल्स अन्तरराष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा उनले ‘केटो अली कमाउने होस्’ बोलको गीतको भिडियोबाट अवार्ड जितेका हुन् । विधानले ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड जितेका हुन् ।

यो महोत्सवमा विश्वका करिब सय भन्दा बढी म्युजिक भिडियोहरु प्रतिस्पर्धामा छानिएका थिए । यसरी छानिएका भिडियोबाट उत्कृष्ट ५ को मनोनयन केही समय अगाडि सार्वजनिक गरिएको थियो । निर्देशक कार्कीले अन्य ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जिते ।

फिल्म एडुकेशन र वेलफेर फाउन्डेशन ए बढले आयोजना गरेको महोत्सवमा भारत, लेबनान, हङकङ, नर्वे, स्विडेन लगायतका चलचित्रकर्मीहरु निर्णायक मण्डलमा थिए । अर्जुन पोखरेलको संगीतमा तयार भएको भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीको अभिनय रहेको भिडियोमा सुनिल कटुवाल र समिक्षा अधिकारीको स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment