Comments Add Comment

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा एक दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सन्चालन हुने भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो । जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि, प्रत्येक ७५३ (स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले आईएलओको सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभिबृद्धि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको छ । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रालील इलर्निङ प्लाटफर्म मार्फत कर्मचारीहरुलाई तालिम दिने कुरा घोषणा गरेको छ ।

बेरोजगारलाई रोजगारीमा ल्याउन गरिएका सबै कामहरू एक ठूलो परियोजना हो । यसलाई धेरै कुशलतापूर्वक व्यवस्थापन गर्न आवश्यक छ । रोजगार संयोजकहरू र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय स्तरमा ठूलो परियोजना सञ्चालन गरिरहेका छन् ।

स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि नतिजामा आधारित परियोजना ब्यबस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीहरूलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै ससक्त बनाउन झन पे्ररित गर्दछ ।

७५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू, र संचारको सिद्धान्तहरूबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीहरुलाई दैनिक ४ समुहमा बिभाजन गरी १० दिन सम्म तालिम सन्चालन गर्नेछ । जुलाई २० देखि २९ सम्म हरेक समुहले ६ घण्टाको विस्तृत तालिम एवम प्रशिक्षन पाउने छन् ।

उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका बिषयहरु समाबेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment