Comments Add Comment

माओवादीले बोलायो साउन २० गते केन्द्रीय समितिको बैठक

६ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले साउन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बुधबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले साउन २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाएको छ ।

माओवादीको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गरेको छ । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि नेता श्रेष्ठले बताए ।

‘….गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ’ उनले भने ।

माओवादी केन्द्रले साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा देशभर कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment