७ साउन, काठमाडौं । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ ।
वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतीक्षा गरिरहेका छन् । एक युवकले गएराति १२ बजेदेखि नै लाइनमा बसिरहेको बताए ।
टेकु अस्पतालबाट खोप लगाएको प्रमाण पत्र लिन आएकाहरुको लामो लाइन छ । कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दूरी कायम गर्नुपर्ने भए पनि त्यो नियम यहाँ पालना भएको छैन ।
खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती व्यहोर्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4