+

टोकियो ओलम्पिक : जुडोकी सोनियाले पहिलो खेलमा रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

२०७८ साउन  ७ गते १३:१० २०७८ साउन ७ गते १३:१०
टोकियो ओलम्पिक : जुडोकी सोनियाले पहिलो खेलमा रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

७ साउन, काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो खेलमा रसियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । टोकियो २०२० को उद्घाटन भएको भोलिपल्टदेखि नेपाली खेलाडीको प्रतिस्पर्धा शुरु हुनेछ ।

जसमा जुलाई २४ अर्थात आगामी शनिबार नेपालकी सोनियाले पहिलो चरणमा रसियन खेलाडी डोल्गाभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार महिला ४८ केजी तौल समूहमा सोनियाले इरिनासँग खेल्ने भएकी हुन् ।

डोपिङ प्रकरणमा परेपछि रुसले यसपटक राष्ट्रको रुपमा सहभागी नभई रुस ओलम्पिक कमिटीको रुपमा प्रतिस्पर्धा गर्दैछ । रुसको ओलम्पिकको झण्डामुनि रहेर रुसका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा २०७६ मा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनिया वाइल्ड मार्फत छनोट हुँदै टोकियो ओलम्पिक खेल्न पुगेकी हुन् । उनको प्रशिक्षकको रुपमा सूर्यनारायण श्रेष्ठ छन् । टोकियोमा तीन दिनको क्वारेन्टिन सकेर सोनियाले प्रशिक्षण समेत शुरु गरिसकेकी छन् ।

यस खेलको विजेताले दोस्रो चरणमा इटलीका मिलानी र चाइनिज ताइपेईकी लिनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सोनिया ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकी तेस्रो महिला खेलाडी र समग्रमा पाँचौ खेलाडी बन्दैछिन् । यसअघि सन् १९८८मा सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ मा देवु थापा र २०१८ मा फुपुल्यामु खत्रीले प्रतिस्पर्धा गरेका थिए ।

टोकियो ओलम्पिक सोनिया भट्ट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय