Comments Add Comment

मुक्तिनाथ विकास बैंकको ऋण पत्र बिक्री खुल्यो

७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजदेखि एक अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गरेको हो ।

बैंकले जारी गरेको ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वाषिर्क ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् । १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणका लागि  र ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ ।

उक्त ऋणपत्रमा कम्तिमा २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्म र ढिलोमा २१ गतेसम्म आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment