+

उद्घाटनको पूर्वसन्ध्यामा ओलम्पिकमा टिम नपठाउने गिनीको निर्णय

२०७८ साउन  ७ गते २१:०८ २०७८ साउन ७ गते २१:०८
उद्घाटनको पूर्वसन्ध्यामा ओलम्पिकमा टिम नपठाउने गिनीको निर्णय

७ साउन, काठमाडौं । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक शुक्रबार देखि जापानमा शुरु हुँदैछ । केही खेलको प्रतिस्पर्धा शुरु भइसकेको छ भने शुक्रबार टोकियोमा औपचारिक रुपमा टोकियो २०२० ओलम्पिकको उद्घाटन हुँदैछ ।

तर कोभिड-१९ को त्रासका कारण एउटा देशले भने ओलम्पिकमा आफ्नो टिम नपठाउने निर्णय गरेको छ । गिनीको सरकारले खेलकुदको कुम्भमेला शुरु हुनु दुई दिनअघि मात्रै कोभिड-१९ को डरका कारण आफ्नो खेलाडी टोकियो ओलम्पिकमा नपठाउने निर्णय गरेको हो ।

गिनीबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने तय थियो । जसमा पौडीबाट दुई तथा एथ्लेटिक्स, जुडो र रेस्टलिङबाट १-१ खेलाडी छन् । गिनीको टिम जापान जान बाँकी नै रहेको अवस्थामा गिनी सरकारले यो निर्णय गरेको हो ।

‘कोभिड-१९ भेरियन्टको को त्रास बढिरहेको अवस्थामा गिनीका खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले ओलम्पिकमा सहभागिता रद्द गरेको छ’ खेलकुद मन्त्री सानोउस्यी बान्तामा सोले स्टेटमेन्टमा लेखेका छन् ।

कुनै पनि देशले आफ्नो पूरा टिम नै ओलम्पिकमा नपठाउने निर्णय गरेको यो दोस्रो पटक हो । यसअघि नर्थ कोरियाले नि अप्रिलमा यस्तै निर्णय गरेको थियो ।

ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय