
७ साउन, झापा । स्वर्गीय पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति प्रतिष्ठानले तेस्रो वार्षिक पुण्य तिथिका अवसरमा मंगल सेवा समिति, भद्रपुरलाई सहयोग गरेको छ ।
मेची क्याम्पस भद्रपुरमा पूर्वाञ्जलका ५ नेपाली साहित्यकारको प्रतिमासहित निर्माणाधीन बाैद्धिक वाटिकाको निर्माणका लागि ५१ हजार रूपैयाँ सहयोग गरेको हो ।
प्रतिष्ठानका संयोजक मनोज खनालका अनुसार प्रतिष्ठानकी संरक्षक रुपादेवी खनाल, सचिव डा. पुण्यप्रसाद पौड्याल, कोषाध्यक्ष भानुभक्त खनाल, सदस्यहरु गंगाप्रसाद भट्टराई, खड्गप्रसाद दाहाल लगायतको उपस्थितमा मंगल सेवा समितिका अध्यक्ष गोपाल खनालसहित सचिव नरेन्द्र तिम्सिना, सह-सचिव हरिओम न्यौपाने लगायत माँझ सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
प्रतिष्ठानले गत वर्ष कोटिहोम, सुरुङ्गामा पिसीआर ल्याव स्थापनाका लागि सहयोग गरेको थियो ।
प्रतिक्रिया 4