
८ साउन, काठमाडौं । साउन ७ गते आकर्षक लाभांश घोषणा गरेको लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनाका लागि बुक क्लोज मिति तोकेको छ । नगद लाभांश वितरणका लागि साउन १५ गते एक दिन बुकक्लोज गर्ने कम्पनीले जनाएको छ ।
अब साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरु लाभांशको हकदार हुनेछन् । आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश -कर सहित) वितरण गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको थियो ।
लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबर्द्धन तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत उक्त इक्वीटी फण्ड सञ्चालित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4