+

टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण

२०७८ साउन  १० गते ११:२९ २०७८ साउन १० गते ११:२९
टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण

१० साउन, काठमाडौं । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते ।

अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन जागरले कास्य जिते ।

स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीनसमान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लेको छ । चीनले ३ स्वर्ण र २ कास्य जितेको छ ।

टोकियो ओलम्पिक २०२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय