Comments Add Comment

दीपिका र दिवाकरले गरे बुटिकको उद्घाटन

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा संचालनमा आएको ‘श्री कलेक्शन प्रिमियम बुटिक’को दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् ।

बुटिकको उद्घाटन गर्दै दीपिकाले भनिन्–‘आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक संचालनमा आएकोमा निकै खुशी लागेको छ । बुटिकले सफलता पाउनेछ भन्नेमा विश्वस्त छु ।’

कविता सिवाकोटीले यो बुटिक संचालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाखको लगानीमा बुटिक संचालनमा ल्याएको जानकारी दिइन् ।

दीपिकाले पछिल्लो समय कलाकारहरु मात्र नभएर आम मानिसहरु पनि बुटिकका पहिरनमा आकर्षित भएको भन्दै धनगढीकै भव्य बुटिकको रुपमा संचालनमा आएको श्री कलेक्शनले आम मानिसको चाहना पुरा गर्ने आशा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment