Comments Add Comment

संसारकै विषालु सर्पको विषबाट बनाइयो मान्छेको घाउ टाल्ने सुपर ग्लु

पृथ्वीमा पाइने सर्पहरुमध्ये सबैभन्दा विषालु सर्पमध्ये एक मानिन्छ ल्यान्सहेड स्नेक । दक्षिण अमेरिकामा पाइने यो सर्पको विषबाट मान्छेको घाउ टाल्ने सुपर ग्लु बनाइएको छ ।

यो सर्पको विष यतिधेरै खतरनाक छ कि यसको एक थोपा मात्रैले मानिसको मृत्यु हुन्छ । तर वैज्ञानिकहरुले त्यहीँ विषलाई मान्छेको शल्यक्रियाका बेला उपयोगी हुने सुपर ग्लू बनाउन प्रयोग गरेका छन् ।

बेलायतको वेस्टर्न विश्वविद्यालयका शोधकर्ता किबरेट मेकानिन्टले ल्यान्सेड सर्पको विषमाथि लामो समयदेखि अनुसन्धान गरिरहेका छन् । उनी एक बायो इन्जिनियर हुन् र उनले आफ्नो अनुसन्धानमा सर्पको विषलाई सुपर ग्लू बनाउन पनि प्रयोग गर्न सकिने तथ्य पत्ता लगाए । उक्त ग्लूको सबैभन्दा ठूलो विशेषता भनेको यो हो कि यसले सरीरबाट हुने रक्तश्रावलाई क्षणभरमै रोकिदिन सक्दछ । त्यसैले सर्पको विषबाट बनाइएको उsक्त ग्लु लाई अस्पतालको शल्यक्रिया कक्ष देखि युद्धस्थल र अन्य आपतकालीन अवस्थाहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

मेकानिन्टले आफ्नो प्रयोगका क्रममा सर्पको विषमा रगतलाई जमाउने एक प्रोटिन इन्जाइम पनि हुने तथ्य पत्ता लगाए । त्यसलाई रिप्टिलेस अथवा बाट्रोक्सोबिन भनिन्छ । उक्त इन्जाइमको प्रयोग गरी त्यसलार्य सरीरका तन्तुहरुमा टाँसिएर रक्तश्राव रोक्ने ग्लू को रुपमा तयार गर्न सकिन्छ । जसले सरीरबाट भैरहेको रक्तश्राव सेकेण्ड भरमै रोकिदिन्छ ।

शोधकर्ताका अनुसार उक्त ग्लू लाई रगत बगिरहेको घाउमाथि राखेर त्यसमा लेजर प्रकाश केही सेकेण्डमा लागि पार्नाले उक्त ठाउँमा तत्कालै रक्तश्राव रोकिदिन्छ । लेजर लाइट नभएमा मोबाइल फोनको टर्चलाइटले पनि काम चल्ने बताइएको छ । उक्त सुपर ग्लुलाई चिकित्सा उपयोगमा ल्याउनका लागि सानो आकारको ट्युबको रुपमा प्याक गरिनेछ । अनि त्यहीँ सानो ट्युबलाई निचोरेर रगत बगिरहेको ठाउँमा ग्लू लगाउनु पर्नेछ ।

हाल चिकित्सा जगतमा प्रयोग गरिने फाइबि्रन ग्लूको तुलनामा यो सुपर ग्लू दशगुणा शक्तिशाली हुने र दोब्बर छिटो रक्तश्राव बन्द गर्ने शोधकर्ताको निष्कर्ष छ । सामान्यतया फाइब्रिन ग्लू ले ९० सेकेण्डमा रक्तश्राव रोक्नेमा सर्पको विषबाट बनेको यो सुपर ग्लूले मात्र ४५ सेकेण्डमा रक्तश्राव रोक्ने दाबी शोधकर्ताको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment