+
+

नवलको ‘दिल चुप छ’को प्रशारण आरम्भ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १२:५३

नेपाली चलचित्रको निर्देशनमा नवल नेपाल सफल मानिन्छन् । ‘श्रीमान्, महशुश, मारुनी’ जस्ता चलचित्रको निर्देशन गरेका नवल कोरोना महामारीका कारण चलचित्र निर्देशन गर्ने अवस्था नभएपछि सिरिज निर्देशनतर्फ लागेका छन् । उनले निर्देशन गरेको सिरिज ‘दिल चुप छ’को प्रशारण आरम्भ भएको छ । शनिबार बेलुकी साढे ७ बजेबाट यो सिरिज बी एम एच डी टेलिभिजनमा प्रशारण भएको छ ।

सिरिजमा नवलले वैवाहिक जीवनका आरोह अवरोह, विवाहित जोडीका समस्या र यसबाट उत्पन्न हुने परिस्थिती र पारिवारिक विचलनलाई प्रस्तुत गरेका छन् ।

दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । नवराज गिरी र सरस्वती गिरीको निर्माण रहेको यो सिरिजमा सरोज खनाल, सूर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?