+
+
Shares

आजदेखि ४ अस्पतालमा खोप कार्ड प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १३:०३
टेकु अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्नेको लाइन

१० साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ ।

यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि प्रमाणीकरण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए ।

उनले भने, ‘१ ठाउँमा मात्रै तोक्दा भिड बढेर सेवाग्राहीलाई मर्का परेकाले हामीले थप ३ अस्पताललाई तोकेका हौं ।’

वैदेशिक रोजगारीमा जानेहरुले खोप लगाए पनि खोप कार्ड प्रमाणीकरण नगराए उक्त कार्डले मान्यता नपाउने हुनाले प्रमाणीकरण गर्ने गरिएको हो । खोप कार्ड प्रमाणीकरण नगराए कतिपय देशमा जान नपाइने र जानेहरुले पनि क्वारेण्टिनमा बस्नुपर्छ ।

त्यसैले कारण वैदेशिक रोजगारीमा जानेहरुले  जानुअघि खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?