Comments Add Comment

युद्ध बानियाँ : पूजाको मन जितेका ‘ह्यान्डसम हङ्क’

चलचित्र बजार गसिपको क्षेत्र हो । पर्दा अगाडि देखिने कलाकारको विषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाहीं उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ भने कहिलेकाहीं टाउको दुखाइको विषय । अझ एउटै चलचित्रमा काम गर्ने नायक र नायिकाको प्रेम सम्बन्धको खबर त हलिउड, बलिउड या कलिउड सबैतिर पेज थ्रीको मुख्य आकर्षण बन्ने गर्दछ ।

नायिका पूजा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै फिल्मी गसिपको मुख्य केन्द्रमा छिन् । चलचित्रको पर्दामा उनी जोसँग काम गर्छिन्, उनै नायकसँग उनको नाम जोडिन्छ । तर, चलचित्र रिलिज भएपछि पूजाको यस्तो चर्चा टाढा हुन्छ । सुदर्शन थापा, प्रदीप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँगका पेज थ्रीका गसिपमा पूजा शर्मा लामै समय हेडलाइन बनेकी छिन् ।

उनै पूजा विगत केही दिनदेखि फेरि चर्चामा छिन् । तर यसपटक उनको नाम जोसँग जोडिएको छ ती युवकको सम्बन्ध चलचित्र क्षेत्रसँग छैन । ती युवक व्यापारी युद्ध बानियाँ हुन् । पूजा र युद्ध केही दिनदेखि टक अफ दी टाउन बनेका छन् । यो विषयमा पूजा र युद्ध दुवैले मुख भने खोलेका छैनन् । तर युद्ध र पूजा यी खबरहरुबाट बेखबर भने छैनन् ।

फागुनमा आफन्तबाट चिनजान

नायिका पूजा शर्मा र व्यापारी युद्ध बाँनियाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् ।
बुझिएअनुसार पूजाको चलचित्र करिअरको बारेमा युद्ध निकै चासो राख्छन् । आफन्तका कारण भेटघाट भएपछि पूजा र युद्ध एक अर्काको राम्रो साथी बनेका छन् । भेट भएको करीब ६ महिनामा पूजा र युद्धले एक अर्काको भविष्यको योजना मात्र साटेका छैनन्, एक-अर्कालाई बुझिरहेका छन् ।

पूजा र युद्ध अहिले नै यो सम्बन्धलाई प्रेमको नाम दिन चाहँदैनन् । तर, उनीहरु एक-अर्काको नजिकको साथी भने भइसकेको बुझिएको छ । नायिका पूजा शर्माले गत वर्षदेखि नै आफ्नो बिहेको उमेर भइसकेको प्रतिक्रिया मिडियामा दिइरहेकी छिन् । पूजाको बिहेको चर्चा चलेसँगै उनका आफन्तले युद्धको प्रस्ताव अगाडि सारेका थिए ।

युद्धको तस्वीर सार्वजनिक भएसँगै उनको सुगठित शरीरको चर्चा पनि सामाजिक सञ्जालमा शुरु भएको छ । जिममा प्रयोग हुने प्रोटिन लगायतका खाद्यान्नको व्यापार गर्दै आएका युद्ध आफू पनि जिम क्रेजी छन् । नेपाली चलचित्रको कुनै नायकभन्दा युद्ध कम नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रशस्त भेट्न सकिन्छ ।

पूजाले हालै मात्र ललितपुरमा नयाँ घर बनाएकी छन् । नयाँ घरमा चाँडै नै बसोबास शुरु गर्न लागेकी पूजा बिहेको मुडमा छिन् । पूजा र युद्धको मित्रता बलियो रुपमा अगाडि बढेको छ । उनीहरु, एक-अर्कालाई राम्रोसँग बुझेर जीवनलाई नयाँ मोडमा अगाडि बढाउने योजनामा रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment