Comments Add Comment

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो ।

अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री माननीय रामेश्वर फुयाँलको अध्यक्षतामा माननीय श्री मुख्यमन्त्री डोरमणि पौडेलबाट भएको हो ।

भुक्तानी गर्न सधैँ लामो लाईनमा बस्नुपर्ने सेवाहरु मध्ये यातायत विभाग पनि एक रहेको थियो जसमा अब सुरु गरिएको अन्लाईन भुक्तानीले लाईनमा नै बसेर काउन्टरमा भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

प्रदेशको वेबसाइटमा गई सवारी धनी लग-इन् पोर्टलमा आफ्नो युजर नेम र पासवर्ड राखी लग-इन् गर्ने र आफ्नो साधन सम्बन्धी जानकारी प्रविष्ट गरी भुक्तानी विकल्पको रुपमा कनेक्ट आईपीएसलाई छनोट गर्नु पर्छ । कनेक्टआईपीएसको युजरनेम र पासवर्ड प्रयोग गरी लग-इन् गर्ने र भुक्तानी गर्ने बैंक खाता छनोट गरी ट्रान्जाक्सन पासवर्ड वा ओटीटी प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी सम्पन्न गर्न सकिन्छ । भुक्तानी गरिएको रसिद पि्रन्ट गरी उक्त रसिदमा रहेको क्युआर स्क्यान गरी सवारी सम्बन्धी सम्पूर्ण जानकारी पनि प्राप्त गर्न सकिन्छ ।

हाल राजस्व भुक्तानीबाट सुरु गरिएको यस व्यवस्थामा आगामी दिनहरुमा अन्य सुविधाहरु थपिने छन् । बागमती प्रदेश सरकारको यस पहल कदमी सुरुवातले सरकारी राजस्व संकलनका साथसाथै सेवा ग्राहीलाई पनि थप सुविधा पुग्ने विश्वास गरिएको छ ।

एनसीएचएलले उपलब्ध गराएको भुक्तानी प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, ट्राफिक जरिवानाको भुक्तानी, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्र बैंकको परिक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका भुक्तानी संकलन कारोबारहरु अन्लाईनबाट हुदै आएका छन् । सोही पूर्वाधारलाई प्रदेश तथा स्थानीय सरकारको भुक्तानी कारोबार समेत विद्युतीय माध्यमबाट गराउन एनसीएचएलले पहल गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment