+
+

धनुषामा साउन २० गतेसम्म थपियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते २०:५०

१० साउन, जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी पसलहरु खोल्न र जिल्लाभित्र सबारी साधन संचालन गर्न अनुमति दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?