Comments Add Comment

जसपाको हेड काउन्ट : मनिष सुमनले पनि गरे उपेन्द्रको पक्षमा हस्ताक्षर

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले सोमबार कार्यकारिणी समिति सदस्यहरुको हेडकाउन्ट गर्दैछ । दुवै पक्षका नेताहरु आयोग पुगेर सनाखत गर्दैछन् ।

लामो समय राजेन्द्र महतो निकट रहेका प्रदेश २ का सांसद सुमनले यादवको पक्षमा हस्ताक्षर गरेका छन् । ‘हिजो महन्थ ठाकुर पक्षको बैठकमा गएर मैले भनेँ, पार्टी एकता जोगाउन एकैतिर हस्ताक्षर गरौं’ उनले भने, ‘उहाँ (महन्थ ठाकुर) ले कसैलाई हृवीप लगाउँदिनँ, जे इच्छा छ गर्नुस् भन्नुभयो ।’

सोमबार विहान मात्र राजेन्द्र महतोलाई टेलिफोन गरी आफूले यादवको पक्षमा हस्ताक्षर गर्न लागेको जानकारी गराएको सुमनले बताए । भन्छन्, ‘ अहिले छुटेका साथीहरुलाई पनि आउँदै गर्नुहोला, मैले चाहिँ पार्टी एकताको पक्षमा हस्ताक्षर गरेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment